May 8, 2021, Saturday
२०७८ बैशाख २५, शनिबार

दिपेन्द्र श्रेष्ठको अभिनयमा “भयो हाम्रो भेट” सार्वजानिक

  • 34
    Shares

काभ्रेपलाञ्चोक, लोकदोहोरी गितहरु बजारमा आउने क्रममा सुमित्रा सत्यालको निकै आशा लाग्दो माया पिरतिमा आधारीत लोक दोहोरी गित “भयो हाम्रो भेट” बजारमा आएको छ । दिपेन्द्र श्रेष्ठको अभिनयमा भयो हाम्रो भेट बोलको गित मिलन फिल्मस् युट्युब च्यानलबाट सार्वजानिक भएको हो ।

मोबाइल रिपेयरबाट मोडल क्षेत्रमा पाइला अगाडी बढाएका दिपेन्द्र श्रेष्ठ सिन्धुपाञ्चोक जिल्लामा जन्मिएका हुन् । कलाकारीता क्षेत्रमा रुचि बढाउँदै मोडलिङमा जम्ने मनसायले यस क्षेत्रमा पाइला अगाडी बढाएको श्रेष्ठले जानकारी दिर ।

गायिका सुमित्रा सत्याल र रमेश श्रेष्ठको आवाजमा गित बजारमा आएको छ । रेशम थापाको लय, सुमित्रा सत्यालको शब्द र संजय श्रीपालको एरेन्ज रहेको छ भने भिडियोको निर्देशन राजु बिरही सापकोटले गरेका छन् । काठमाडौंको बिभिन्न रमणीय स्थानमा विपिन क्षेत्रीले छायाँकन गरेका छन् । विपिन क्षेत्रीले छायाँकन गरेका भिडियोहरु चर्चामा नै रहेका छन् यस गितले कतिको चर्चा पाउला त्यो त र्हर्न बाँकी छ ।

भयो हाम्रो भेट बोलको गित लाई रोशन धितालले सम्पादन गरेका छन भने गितको भिडियोमा अरबिन्द्र गौतम, रानिया भण्डारी, दिपेन्द्र श्रेष्ठ र निशा मगरको अभिनय देख्न सकिन्छ ।

शीर्ष समाचार

धेरै पढिएको