January 25, 2021, Monday
२०७७ माघ १२, सोमबार

३० भन्दा बन्ढी कलाकारको अभिनय रहेको राष्ट्रीय गीत ‘त्यहीँ सच्चा नेपाली’ सार्वजनिक

  • 17
    Shares

काठमाडौं, राष्ट्रीय गीत ‘त्यहीँ सच्चा नेपाली’ पृथ्वी जयन्ती तथा राष्ट्रीय एकता दिवसको अवसर पारेर सार्वजनिक भएको छ । गीतमा देविका बन्दना र राजन इशनाथ को स्वर रहेको गीतमा आनन्द अधिकारीको रचना तथा संगीत राजन इशान कै रहेको छ ।

निर्माता चिजकुमार श्रेष्ठको निर्माण गरेको गीतको भिडियोमा संस्कृतविद्ध सत्यमोहन जोशी, कलाकार नीर शाह, गौरी मल्ल, करिश्मा मानन्धर, निर्मल शर्मा, राजाराम पौडेल दीपाश्री निरौला, दिनेश डिसी, नम्रता सापकोटा, निराजन प्रधान, प्रशान्त ताम्रकार, आकाश श्रेष्ठ, उषा खड्.गी, कविता शर्मा, दीलिप रायमाझी, गायिका देविका बन्दना, अनु शाह, छुल्ठिम गुरुड धीरेन शाक्य, समार्ट सापकोटा, शिवशंकर रिजाल, खुश्बु खड्का, कबिता खड्का, दीपा शाक्य, रजनी केसी, दीपक घिमिरे, शिलाष्मा हमाल लगायत ३० भन्दा बन्ढी कलाकारको अभिनय रहेको छ ।

भिडियोको निर्देशन अभिनेत्री तथा निर्माता रोशनी केसीले गरेकी हुन् । गीतको सुटिङ चारदिन लगाएर लोकतन्त् पार्क, पाटन, पशुपति क्षेत्र लगाएतका ठाउँहरुमा गरेको निर्माता केसीले जानकारी दिइन् ।

गीतमा रामशरण उप्रेतीको छायांकन विक्रम स्वारको कोरियोग्राफी रहेको छ । यस्तै भिडियोमा अर्जुन जिसीको सम्पादक र रेनिश फागोको कलर करेक्शन गरेको छन् भने पोस्टर डिजाइन तथा भिएफएक्स सत्यम रानाको रहेको छ ।

शीर्ष समाचार

धेरै पढिएको