January 20, 2021, Wednesday
२०७७ माघ ८, बिहीबार

रजनिकान्त भन्दा अघि यी अभिनेता राजनीतिको हिस्सा बनेपछि पछि हटेका थिए

  • 15
    Shares

काठमाडौं, बलिउड र राजनीतिमा पुरानो सम्बन्ध रहेको छ । धेरै फिल्महरू राजनीतिमा आधारित भएर निर्माण भएका छन् भने धेरै कलाकारहरू पनि बेला-बेलामा राजनीतिमा सामेल भइरहेका छन् । तर यक यस्तो समय आयो जब उनीहरुले महसुस गरे कि नेतागिरी आफ्नो काम होइन र उनिहरुले राजनीतिमा हात मिलाए ।

बलिउड फिल्म उद्योगमा भएका यस्तै केहि अभिनेताहरू,

लामो प्रतिक्षा पछि रजनिकान्तले आफ्ना प्रशंसक तथा फ्यानहरूलाई आफुले पार्टी सुरु गर्न लागेका छन्  शुभ समाचार दिएका थिए र यो सम्भव पनि देखिन्थ्यो । तर हालसालै एक शुटिङमा अचानक रजनिकान्तको स्वास्थ्य अवस्था बिग्रीयो र उनलाई अस्पतालमा भर्ना गर्नुपर्यो । अस्पतालबाट डिस्चार्ज भएपछि रजनिकान्तले एउटा ठूलो घोषणा गरे । उनले आफु राजनीतिमा भाग नलिने तर जनताको हितमा भने व्यस्त रहने बताए ।

बलिउड सुपरस्टार राजेश खन्नाले आफ्नो शानदार अभिनय र व्यक्तित्व भन्दा पहिले फिल्म जगतमा सुपरस्टारको उपाधि प्राप्त गरेका थिए ।  उनले राजनीतिमा पनि आफ्नो सक्रियता बढाउन प्रयास गरे र सफल पनि भएका थिए ।  सन् १९९२ मा उनले  शत्रुघन सिन्हालाई हराएक थिए ।  त्यहि समयमा, १९९६ मा उनी लोकसभा सदस्य भएका थिए भने उनले त्यतिबेला नै राजनीतिक जीवनमा पूर्णविराम लगाएका थिए । उनि कांग्रेस पार्टीसँग सम्बन्धित थिए ।

महानायक अमिताभ बच्चनले पनि ८० को दशकमा राजनीतिमा चासो देखाएका थिए ।  सन् १९८४ मा अमिताभ बच्चनले फिल्महरूबाट केही विश्राम लिएर इलाहाबादबाट लोकसभाको चुनाव लडे र जिते पनि ।  तर पछि बोफोर्स घोटालामा उनको नाम उखेल्दा उनले त्यहाँको राजनीति जीवन समाप्त गर्ने निर्णय गरे ।

अभिनेता गोविन्द २००४ देखि २००९ सम्म संसद सदस्य थिए । उनी भारतीय राष्ट्रिय कांग्रेससँग सम्बन्धित रहे ।  तर उनले २००८ मा राजनीति छोडे ।  उनले भने कि राजनीतिको कारण उनको अभिनय क्यारियर बर्बाद भएको थियो ।

बुबा सुनील दत्त र बहिनी प्रिया दत्तले जस्तै संजय दत्तले पनि आफ्नो राजनीतिक जीवन शुरू गरे । उनी समाजवादी पार्टीसँग आबद्ध थिए ।  तर जब उनले २००९ मा लोकसभा चुनावका लागि नामांकन पेश गरे, अदालतले त्यसलाई अस्वीकार गर्‍यो । यसपछि उनी समाजवादी पार्टीको महासचिव बने ।  २०१० मा, उनले आफ्नो ओहदा छोडे ।

मेगास्टार रजनीकांतको बारेमा कुरा गर्दा उनी राजनीतिबाट अलग भए पनि उनले सामाजिक सेवा जारी राख्ने वाचा गरेका छन् । यससँगै अभिनेताले अब आफ्नो ध्यान आफ्नो स्वास्थ्य र फिल्म परियोजनाहरूमा केन्द्रित गर्ने भएका छन । गत डिसेम्बर १२ मा, अभिनेताले आफ्नो ७० औं जन्मदिन मनाएका थिए ।

शीर्ष समाचार

धेरै पढिएको