March 5, 2021, Friday
२०७७ फाल्गुन २१, शुक्रबार

‘डान्सिङ वीथ द स्टार्स नेपाल’ को उपाधि सुमी र बिजुलाई

  • 15
    Shares

काठमाडौं, बीबीसी स्टुडियोको फर्म्याटमा आधारित बिश्व चर्चित डान्सिङ रियालिटी सो ‘डान्सिङ वीथ द स्टार्स’ को नेपाली संस्करणका रुपमा ‘डान्सिङ वीथ द स्टार्स नेपाल’ को उपाधि सुमी मोक्तान र बिजु पार्कीको जोडीले जितेकी छन् । विजेताले २० लाख नगदसहित अन्य पुरस्कारहरू पाएका छन् ।


यस्तै फस्र्ट रनरअप बुद्ध लामा र केविका खत्रीको जोडी भएको छ भने प्रियना आचार्य (मुन्नी)को जोडी सेकेण्ड रनरअप भएका छन् ।

शनिबार भएको ग्राण्ड फिनालेमा सुमी मोक्तान र बिजु पार्कीको जोडीले उपाधि हात पारेका हुन् । हिमालय टेलिभिजन एचडीबाट प्रशारण भएको उक्त ‘शो’को फाइनलमा ३ जोडी प्रवेश गरेका थिए ।

फाइनलमा बुद्ध लामा र केविका, प्रियना आचार्य र सुभम भुजेल, सुमी मोक्तान र विजु पार्कीले प्रतिस्पर्धा गरेका थिए । दर्शकको भोटको आधारमा विजेता घोषित गरिएको हो ।

शीर्ष समाचार

धेरै पढिएको