January 20, 2021, Wednesday
२०७७ माघ ७, बुधबार

भारतीय नायिका कृति सनोनलाई कोरोना संक्रमण

  • 48
    Shares

नयाँदिल्ली, भारतीय नायिका कृति सनोनलाई कोरोना भाइरस संक्रमण भएको छ । उनले आफूलाई कोरोना संक्रमण भएको सामाजिक सञ्जालबाट पुष्टि गरेकी हुन् ।

अभिनेता राजकुमार राओसँग आउँदै गरेको चलचित्रको छायांकनको क्रममा उनी चन्डीगढमा थिइन् । मंगलबार उनलाई कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको थियो ।

चलचित्र छायांकन स्थलबाट उनी आफ्नो घर मुम्बई फर्किएकी छिन् । नायिकाले सार्वजनिक गरेको पोस्टमा उनले आफू स्वस्थ रहेको जानकारी दिएकी छन् ।

उनले आफू स्वास्थ्य मापदण्डअनुसार घरमा नै आइसोलेसनमा बसेको जानकारी गराएकी छन् । उनले पोस्टमा आफ्नो स्वास्थ्यको ख्याल राख्न सबैलाई आग्रह गरेकी छन् ।

शीर्ष समाचार

धेरै पढिएको