नायिका श्वेता खड्का आज विवाह बन्धनमा बाँधिदै, मेहेन्दिको तस्बिरहरू

काठमाडौं, अभिनेत्री श्वेता खड्का आज विवाह बन्धनमा बाँधिदै छन् । उनी धनगढीका विजयेन्द्र सिंह रावतसँग विवाह बन्धनमा बाँधिन लागेकी हुन् । उनले आफ्नो हुनेवाला दुलाहासँगको तस्वीरहरु समाजिक सञ्जालबाट सार्वजनिक गरेकी छिन् ।


उनको विवाह काठमाडौँस्थित गोकर्ण फरेष्ट रिसोर्टमा हुनेछ । उनले यसअघि वि.सं २०७१ साल असार २३ गते अभिनेता श्रीकृष्ण श्रेष्ठसँग विवाह गरेकी थिइन् । बिहे भएको करिब एक महिनापछि श्रीकृष्णको निधन भएको थियो ।


बिहेको एक दिन अगाडि नायिका खड्काको मेहेन्दी सेरेमोनी आयोजना गरिएको थियो । कोरोनाका कारण नजीकका आफ्न्तमात्रै विवाह समारोहमा सहभागी हुने यसअधि नै उनले जानकारी दिइसकेकी छन् ।
प्रतिकृया दिनुहोस्