January 17, 2021, Sunday
२०७७ माघ ४, आईतवार

‘डान्सिङ विथ दि स्टार्स नेपाल’ बाट बाहिरिइन ज्योति

  • 4
    Shares

काठमाडौं, हिमालय टेलिभिनजबाट प्रशारण हुँदै आएको लोकप्रिय रियालिटी शो ‘डान्सिङ विथ दि स्टार्स नेपाल’ बाट गायिका ज्योती मगर बाहिरिएकी छिन् ।

दर्शकमाझ हट गायिकाको रुपमा परिचित मगर उक्त शोको सेमिफाइनलको नजिक पुगेर बाहिरिएकी हुन् । अन्तिम पाँच सम्म आइपुगेकी ज्योतीले यो शोमा विभिन्न शैलीका नृत्य प्रस्तुत गरेकी थिइन् ।

उनी बाहिरिएसँगै अब यो शोको सेमिफाइनलमा ४ टिम पुगेका छन् । सुमी मोक्तान, वुद्ध लामा, उमेश राई र प्रियना आचार्य शोको अन्तिम ४ मा पुगेका छन् । उक्त शोमा गौरी मल्ल, दिलिप रायमाझी र रेनशा वान्तवा राई निर्णायकको रुपमा रहेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको