September 23, 2021, Thursday
२०७८ आश्विन ७, बिहीबार

यस वर्षको मिस नेपाल उपाधि नम्रता श्रेष्ठलाई

काठमाडौं, यस वर्षको मिस नेपाल उपाधि २३ वर्षीया नम्रता श्रेष्ठले जितेकी छन् । आज राजधानीमा सम्पन्न ग्रान्डफिनालेमा २० प्रतिस्पर्धीलाई पछि पार्दै उनले मिस नेपाल वर्ल्डको उपाधि जितेकी हुन् ।

किन्डरगार्डेन शिक्षिकासमेत रहेकी नम्रताले अब मिस वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्न पाउनेछिन् ।

यस्तै मिस नेपाल सुप्रानेसनल उपाधि सिमल कनौजिया, मिस नेपाल इन्टरनेसनल उपाधि सन्ध्या शर्मा, मिस नेपाल अर्थको उपाधि सुप्रिया श्रेष्ठले जितेका छन् ।

त्यस्तै सह-उपाधितर्फ मिस कन्फिडेन्टको मिस नेपाल नम्रता, मिस ब्युटी विथ पर्पज सन्ध्या शर्मा, मिस हेल्दि नेहा सरकार, मिस फोोजेनिक आस्थिका श्रेष्ठ, मिस पपुलर चोइस सन्ध्या शर्मा र मिस ग्ल्यामर योजना भट्टराई घोषित भइन् ।