November 28, 2020, Saturday
२०७७ मंसिर १३, शनिबार

आश्रा एन्ड द प्याराबल्स ब्यान्डको पहिलो रक गीत “आभाष” सार्वजनिक (भिडियोसहित)

  • 16
    Shares

काठमाडौं, नेपाली रक गायन क्षेत्रमा बेग्लै पहिचान बनाउन प्रयासरत भ्वाइस अफ नेपाल युवा प्रतिभाशाली उदयमान गायिका आश्रा कुँवरले आफ्नो पहिलो नयाँ गीत असोज १३ गते सार्वजनिक गरेकी छिन् । ‘आभाष’ बोलको नयाँ गीत ‘आश्रा एन्ड द प्याराबल्स’ ब्यान्डको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।

रेड सर्कलको प्रोडक्शन र निर्देशनमा तयार भएको ‘आभाष’ गीत गायिका स्वयंको भिडियो अवधारणा हो भने गीतमा शब्द र संगीत “आश्रा एन्ड द प्याराबल्स” कै रहेको छ ।

उनले प्रायः मनोरञ्जन मायाप्रेमको गीतमा बेग्लै मिठास छोडेको हुन्छिन् भने बिछोडका गीतले वेदना बोकेका हुन्छन् तर यो गीतले आत्मविश्वास र सकारात्मक भाव बोेकेको छ । आफ्नो नजिकको व्यक्तिलाई गुमाउँदाको पीडा र पीडाबाट सम्हालिनु र नवीन दिनहरू सुरुवातका लागि उत्प्रेरित गराउनु यो गीतको सन्देश रहेको छ ।

शीर्ष समाचार

धेरै पढिएको