December 8, 2021, Wednesday
२०७८ मंसिर २२, बुधबार

कांग्रेस ताप्लेजुङको सभापतिमा गजेन्द्र निर्वाचित

ताप्लेजुङ, नेपाली कांग्रेस ताप्लेजुङको सभापतिमा गजेन्द्रप्रसाद तुम्याहाङ विजयी भएका छन् । कांग्रेसको चौधौँ जिल्ला अधिवेशनअन्तर्गत आइतबार सम्पन्न निर्वाचनबाट तुम्याहाङ निर्वाचित भएका हुन् ।

यसैगरी उपसभापतिमा गणेश चोङ्वाङ, डिल्लीरमण बराल, सचिवमा डम्बर हाङ्गाम र नन्दकुमार ओझा निर्वाचित भर्का छन् ।

निर्वाचन अधिकृत तिलक पाण्डेका अनुसार सहसचिवमा तेज सुनुवार (जङ्ग) र नन्दकुमार आङ्बुहाङ निर्वाचित भएका हुन् । एक उपसभापतिबाहेक तुम्याहाङको प्यानल नै विजयी बनेको हो ।

शीर्ष समाचार

धेरै पढिएको