नेपाल राष्ट्रिय शिक्षक संगठनबाट शिक्षक रामप्रसाद भण्डारी सम्मानित
सिन्धुपाल्चोक- नेपाल राष्ट्रिय शिक्षक संगठनबाट शिक्षक रामप्रसाद भण्डारी सम्मानित हुनुभएको छ।
- सुनकोसि गाउपालिका अन्तर्गत नेपाल राष्ट्रिय शिक्षक संगठनबाट आयोजित कार्यक्रमा शिक्षक भण्डारीलाई सम्मान गरिएको हाे।
कार्यक्रममा सेवा निबृत्त शिक्षकहरुलाई सम्मान र नब प्रवेशी शिक्षकहरुलाई स्वागत गरिएको थियोे । त्यस्तै शैक्षिक अन्तरक्रिया कार्यक्रम तथा दोश्रो गाउँ परिसद कार्यक्रम सुनकोशी क्याम्पसकाे शभा हलमा पुस २७ गते सम्पन्न भएको हाे ।
उक्त कार्यक्रमको प्रमुख अतिथी सुनकोसी गाउँ पालिका अध्यक्ष टपिन्द्र प्रसाद तिमल्सिनाले गर्नुभएको थियो ।
उक्त कार्यक्रममा सुनकोसी गाउँ पालिका ठोकर्पा निबासी पुर्ब शिक्षक रामप्रसाद भण्डारी सम्मानित हुनुभएको हो। गापा अध्यक्ष तिमल्सिनाले दोसल्ला सहित सम्मान पत्र दिई शिक्षक भण्डारी लाई सम्मान गर्नु भएको थियो । २०३६ साल फाल्गुन ६ गते अस्थायी नियुक्ती लिइ देबि प्राबी पेड्कुमा प्र अ त्यसपस्चात २०३७ साल भदौ देखि जनजागृति प्राबी कालिका प्र अ र २०५१ देखि २०७६ साउन सम्म श्री बाघ भैरब माध्यमिक बिधालय मा गरि ३९ बर्ष ५ महिना शिक्षण सिकाइमा कुसलतापुर्बक खटिनु भएकोले उच्च कदर गर्दै
जिबनको उर्जाशिल समय विद्यार्थी ,बिधालय र शिक्षा क्षेत्रमा अहोरात्र खटिनुभएकोले यो सम्मानको लागि उहाँलाई चुनेकाे पालिका अध्यक्ष तिमल्सिनाले बताउनुभयो।
कार्यक्रमको अध्यक्षता नेपाल रास्ट्रीय शिक्षक संगठन सुनकोशी का अध्यक्ष प्रेम ब तामाङले गर्नुभएको थियो। संगठनको साङठानिक एबं आर्थिक प्रतिबेदन समेत त्यही पेस भै सम्पुर्ण शिक्षक हरुद्वारा ताली द्वारा पास गरिएको थियो ।
उक्त कार्यक्रममा पुर्ब शिक्षक तोयानाथ प्याकुरेल र सानुकाजी अधिकारिलाइ पनि सम्मान गरिएको थियो।
सुनकोशी पालिका भित्र अब पढाइरहेको शिक्षकलाई कसैले पनि हात हाल्ने परिस्थिती अब आउने छैन ढुक्क भएर यश संगठन मा आबद्ध हुनुहोला कसैको धम्किदेखी नडराउनु होला त्यसको लागि हामी छौ संबिधानले दिएको पेशागत महासघं अझै बलियो बनाउन लाग्नु होला भन्दै अध्यक्ष तिमल्सिनाले शुभकामना दिनुभयो ।
भण्डारी जिल्लाकै पुराना शिक्षक ठोकर्पाको पदम प्रसाद भण्डारी ( मास्टर बा)को साहिलो छोरा हुनुहुन्छ । म शिक्षक कै छोरा हु सदैब बिधालय र बिध्यार्थिको लागि खटिए भण्डारी ले सुनाउनु भयो । हाल पुर्ब शिक्षक रामप्रसाद भण्डारी को २ छोरी र १ बुहारी शिक्षककै रुपमा हुनुहुन्छ । पुर्ब शिक्षक भण्डारी हाल सहकारि र कृषि क्षेत्रमा आबद्ध हुनुहुन्छ ।
भण्डारी राम सर भनेर चिनिने पुर्ब शिक्षक लामो समय शिक्षण पेशामा खटिनु भएर हजारौ लाई आफ्नो बाटो देखाउन सफल एक उदारणिय शिक्षकको रुपमा स्थापित व्यक्ति हुनुहुन्छ ।
प्रतिकृया दिनुहोस्