September 23, 2023, Saturday
२०८० आश्विन ७, आईतवार

विश्व स्काउट ज्याम्बोरी कोरियामा,बागमती प्रदेश प्रमुख शिवराम अर्यालसहितको १७५ जना सहभागि हुने

विष्णुप्रसाद तिमल्सिना

काठमाडौँ, ६ साउन । कोरियामा हुने विश्व स्काउट ज्याम्बोरीमा नेपालबाट सहभागि हुने भएको छ । नेपाल स्काउटका बागमती प्रदेश प्रमुख शिवराम अर्यालसहितको १७५ जना साउन १४ गते आइतबार नेपालबाट कोरिया प्रस्थान हुने भएका छन् ।
अगस्ट १ देखि १२ गतेसम्म कोरियाको विश्व स्काउट ज्याबोरी हुँदैछ । विश्वका करीब १९० देशको सहभागिता सहभागिता हुने र १३० वटाभन्दा बढी कार्यक्रम आयोजना हुने सो कुम्भ मेला विश्वभरका स्काउटहरूले बडो होर्षोल्साउका साथ मनाउने गर्दछन् ।


उक्त महाभेलामा विश्वका हरेक राष्ट्रका स्काउटहरूले आफ्नो अनुकुलका अनुभव साथै राष्ट्र राष्ट्रियता र संस्कृति झल्कने खालका प्रस्तुत गर्नेछन् ।
युनिफर्म लगाएर निस्कने विश्वकै सबभन्दा ठूलो स्वयसेवी सामाजिक मानिने स्काउटका नेपाल सरकार शिक्षा मन्त्रालयले समेत यसको महत्वलाई आत्मसाथ गरेको छ । प्रत्येक ‘एक घर, एक स्काउट’ भन्ने अभियानमा नेपाल सरकारले समेत नारासहित यस अभियानलाई आत्मसाथ गरेको शिवराम अर्याल बताउनुहुन्छ ।
नेपाल स्काउटका प्रमुख आयुक्त लोकबहादुर भण्डारी नेतत्व गरेपछि स्काउट अभियान देशव्यापी मौलाएको देखिन्छ ।
टिम एक्स क्रियुका अध्यक्ष समेतका एवं सामुदायिक सेवा समितिका अध्यक्ष रहनुभएका शिवराम अर्याल र राम श्रेष्ठलाई साउन ६ गते शनिवार भ्रमण सफलताको कायम गर्दै क्रुयका लोगोअंकित टिर्स नेपाली ढाका टोपीलगायत क्रुयका रोभर रेञ्जरहरूले उत्साहजनक रुपमा सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्दै विदाइ कार्यक्रम सम्पन्न भयो ।
अध्यक्ष अर्यालले सो अवसरमा स्काउटबाट आगामी दिनहरूमा सबल र सक्षम नेतृत्वदायी भूमिकामा रहन रोभर रेञ्जरहरूलाई निर्देशनसहित दिनुभयो ।

शीर्ष समाचार

धेरै पढिएको