February 4, 2023, Saturday
२०७९ माघ २१, शनिबार

कक्षा १२ को परीक्षा वैशाख दोस्रो हप्ताबाट हुने

काठमाडौं, यस वर्षको कक्षा १२ को वार्षिक परीक्षा २०८० सालको वैशाख दोस्रो हप्तादेखि हुने भएको छ । शैक्षिक सत्र २०७९/०८० को परीक्षा सम्बन्धी वार्षिक कार्यतालिका सार्वजनिक गर्दै परीक्षा २०८० को वैशाख दोस्रो हप्ताबाट र नतिजा साउन मसान्तभित्र प्रकाशन गर्ने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

कक्षा १२ को ग्रेड बृद्धि (पुरक) परीक्षा भने कक्षा १२ को वार्षिक परीक्षाको नतिजा प्रकाशन भएको मितिले ४५ दिनभित्रमा हुनेछ । त्यसको नतिजा परीक्षा सकिएको ४५ दिनभित्रमा प्रकाशन हुने बोर्डले जनाएको छ ।

यसैगरी कक्षा ११ को आंशिक/ग्रेड बृद्धि परीक्षा २०८० को परीक्षा वैशाख महिनाको तेस्रो हप्तादेखि सञ्चालन हुनेछ । विद्यालयहरूले कक्षा ११ को वार्षिक परीक्षा २०८० को वैशाख महिनाको अन्तिम हप्तादेखि सञ्चालन गर्ने बोर्डको कार्यतालिकामा उल्लेख छ ।

शीर्ष समाचार

धेरै पढिएको