March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार

समाजसेवीआशिषको पहलमा योगा प्रशिक्षण कार्यक्रम सम्पन्न,हेम एण्ड माया फाउन्डेशनकाे साथ

भक्तपुर, भदौ २० गते, समाजसेवि एवम आशिष डांगीको पहलमा भक्तपुर नयाँ ठिमि स्थीत वयलफेयर एकेडेमिमा योगा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

हेम माया फाउन्डेशन,जाग्यो नेपाल,योगा मन्दिर र जिरी एक्सन टिम को सामुहिक आयोजनामा उत्त कार्यक्रम आइतबार सम्पन्न भएको हाे।

त्यसैगरी सोहि कार्यक्रममा विद्यालयकि प्रधानाध्यापक अनिता कायस्थ द्धारा स्वागत मन्तव्य प्रस्तुत गरि कार्यक्रमको औपचारिक उद्घाटन गरिएको थियो ।

कार्यक्रममा हेम एण्ड माया फाउन्डेशनका कविन्द्र थापा, सामाजिक अभियन्ता अमृत कार्कि, जाग्यो नेपालका सामाजिक अभियन्ता विजय कंडेल, योगा मन्दिरका हेमन्त तण्डुकार, १०० ग्रुपका कोडिनेटर आशिष डांगी र भिजन न्यूजका चक्र प्रसाद पोखरेल लगाएत व्यक्तित्वहरुको अपस्थिति रहेको थियो ।

केही समय औपचारिक कार्यक्रम तथा सम्मान पश्चात योगाको कार्यक्रमलाई अगाडि बढाइएको थियो ।

त्यस्तै सम्पूर्ण उपस्थित व्यक्तित्वहरुलाई सम्मान स्वरुप रुद्राक्ष र प्रमाण पत्र दिइएको छ। साथै सामाजिक कार्यमा अग्रसर रहेका जग्दिस धामी लाई पनि सम्मान गरिएको थियो ।

शीर्ष समाचार

धेरै पढिएको