
काठमाडौं, कक्षा १२ को परीक्षा आजदेखि सुरु भएको छ । सोमबार बिहान ८ बजेदेखि देशभर एकैसाथ सञ्चालन भएको परीक्षा जेठ २५ गतेसम्म चल्नेछ ।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माका अनुसार परिक्षा सञ्चालनका लागि देशभरका एक हजार २९२ परिक्षा केन्द्र तोकिएका छन् ।
परीक्षामा करिब चार लाख १५ परीक्षार्थी सहभागी हुने परिक्षा बोर्डले जनाएको छ । विगत दुई वर्ष कोभिड महामारीका कारण विद्यार्थीले अध्ययन गरेकै विद्यालय (होम सेन्टर्र) मा परीक्षा सञ्चालन गरिएको थियो ।
यता कक्षा ११ को परीक्षा पनि आजदेखि नै सञ्चालन हुनेछ । कक्षा ११ को परीक्षा विद्यालयले नै सञ्चालन गर्न पाउने व्यवस्था गरिएकोले अधिकांश विद्यालयले भोलिदेखि नै परीक्षा सञ्चालन गर्ने तयारी गरेका छ ।







