
काठमाडौं, कोरोना महामारीका कारण त्रिभुवन विश्वविद्यालय अन्तर्गत स्थगित भएका परीक्षाहरू फागुन १ गतेबाट पुनः सुरु हुने भएको छ ।
बुधबार परीक्षा नियन्त्रण कार्यालय बल्खुले सूचना निकालेर कारोना जोखिमका कारण स्थगित भएका परीक्षा सुरु गर्ने जानकारी दिएको हो ।
कार्यालयले विभिन्न तहको परीक्षाको तालिकासमेत सार्वजनिक गरेको छ । यसअघि त्रिविले कोरोना संक्रमण जोखिमका कारण परीक्षा स्थगित गरेको थियो ।









