February 8, 2023, Wednesday
२०७९ माघ २५, बुधबार

फागुन ६ गतेबाट सीटीईभीटीका सबै परीक्षा पुनः सञ्चालन हुने

भक्तपुर, कोरोना महामारीका कारण स्थगित भएका प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटीका) सम्पुर्ण परीक्षा फागुन ६ गते देखि पुनः सञ्चालन हुने भएका छन् ।

बुधबार सीटीईभीटीको परीक्षा नियन्त्रण कार्यालयले एक सूचना जारी गर्दौ स्थगित भएका सबै परीक्षाहरू फागुन ६ गतेदेखि पुनः सञ्चालन हुने जानकारी दिएको हो ।

यसअघि गत माघ ११ गतेको निर्णयअनुसार स्थगन भएका सम्पूर्ण परीक्षाहरू कोभिड १९ संकट व्यवस्थापन केन्द्र र नेपाल सरकारले तोकेको स्वास्थ्य सम्बन्धी मापदण्ड पूर्ण रूपमा पालना गरी संचालन हुने सीटीईभीटीले जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको