
काठमाडौं, सरकारले यसवर्षको माध्यमिक शिक्षा परीक्षा एसईई वैशाखमा गर्ने तयारी भइरहेको जनाएको छ ।
अहिलेसम्म परीक्षा तालिका सार्वजनिक नहुँदा र संसद्को शिक्षा तथा स्वास्थ्य समितिले एसईई खारेज गर्नुपर्ने धारणा राखेकाले विद्यार्थी, शिक्षक तथा अभिभावक एसईई हुने वा नहुने भन्नेमा अन्योलमा छन् । यसैबीच राष्ट्रिय परीक्षा बोर्डले भने परीक्षा हुने र वैशाखमा गर्ने गरी तयारी भइरहेको जनाएको छ ।
बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार वैशाखको सुरुमा परीक्षा सञ्चालन गर्नेगरी तयारी भइरहेको छ । केही दिनभित्र परीक्षा तालिका सार्वजनिक हुने उनले जानकारी दिए ।







