
काठमाडौं, पूर्वाञ्चल विश्वविद्यालयले पनि परीक्षा स्थगित गरेको छ । कोरोना भाइरसको तेस्रो लहर तीव्र गतिमा फैलन थालेपछि विश्वविद्यालयले परीक्षा स्थगित गरेको हो ।
परीक्षा नियन्त्रक मोहन बस्नेतका अनुसार आइतबारदेखि माघ मसान्तसम्म सबै परीक्षा स्थगित गरिएको हो । शुक्रबार बसेको परीक्षा निर्देशन समितिको बैठकले परीक्षा स्थगित गर्ने निर्णय गरेको नियन्त्रक बस्नेतले जानकारी दिए ।
उनले भने ‘आज हामी बैठक बसिरहेका छौं । नौ गतेदेखि माघ मसान्तसम्म हाललाई सबै परीक्षा स्थगित गर्ने निर्णय गरेका छौं ।’ यसैगरी त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयले पनि परीक्षा स्थगित गरेका छन् ।







