
काठमाडौं, नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको जोखिमलाई ध्यानमा राख्दै गर्दै १५ दिन शैक्षिक संस्था बन्द गर्न माग गरेका छन् ।
उनले थारू विद्यार्थी सङ्घ केन्द्रीय समितिद्वारा आयोजित एक अन्तर्क्रियामा उनले मुलुकमा पुनः कोरोनाको जोखिम बढेकाले बालबालिकालाई त्यसको खतराबाट बचाउनुपर्नेमा जोड दिएका हुन् ।
उनले भने, ‘हामीले १८ वर्ष मुनिका सबै बालबालिकालाई खोप उपलब्ध गराउन सकेका छैनौँ । छिमेकी मुलुक भारतमा पनि कोरोना सङ्क्रमण तीव्र भएसँगै नेपाल पनि त्यसको उच्च जोखिममा छ । यस्तो अवस्थामा बालबालिकालाई जोगाउन १५ दिन शैक्षिक संस्था बन्द गर्नु उत्तम देखिन्छ ।’







