December 8, 2021, Wednesday
२०७८ मंसिर २२, बुधबार

कक्षा १२ को परीक्षा यथाशक्य चाँडो सञ्चालन गर्न सरकारलाई निर्देशन

file photo

काठमाडौं, प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिले
सरकारलाई कक्षा १२ को परीक्षा यथाशक्य चाँडो सञ्चालन गर्न निर्देशन दिएको छ । समिति सभापति जयपुरी घर्तीका अनुसार मंगलबार सरोकारवालाहरुसँगको छलफलपछि चाडो भन्दा चाडो कक्षा १२ को परीक्षा लिन निर्देशन दिइएको हो ।

उनले भनिन्, ‘सीसीएमसीको गलत निर्णयका कारण परीक्षा स्थगित हुनु पुगेको निष्कर्ष निकाल्यौं । विद्यार्थीलाई चाँडो खोप दिएर, पहिल्यै तय भएको मोडल र तयारीअनुसार परीक्षा गर्न भनेका छौं ।’

राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थी पढेकै विद्यालयमा परीक्षा दिन पाउने व्यवस्था गरेको छ भने दुई सय भन्दा बढि परीक्षार्थी भएका केन्द्रमा उपकेन्द्र बनाएर परीक्षा सञ्चालन गर्ने तयारी छ ।

यसैगरी समितिको निर्देशनपछि शिक्षा सचिव रामप्रसाद थपलियाले स्वास्थ्य मन्त्रालयसँग पनि समन्वय गरेर परीक्षाको मिति तय गर्ने जनाए ।

शीर्ष समाचार

धेरै पढिएको