December 8, 2021, Wednesday
२०७८ मंसिर २२, बुधबार

त्रिविद्वारा सञ्चालित परीक्षामा सहभागी विद्याथीहरुलाई तत्काल कोरोना खोप दिइने

file photo

काठमाडौं, कोभिड-१९ विरुद्धको खोप अभियानअन्तर्गत त्रिभुवन विश्व विद्यालयले सञ्चालन गरिरहेको परीक्षामा सहभागी सबै विद्यार्थीहरुलाई कोभिड खोप दिइने भएको छ ।

त्रिविद्वारा सञ्चालित परीक्षामा सहभागी विद्याथीहरुलाई तत्काल खोप दिने निर्णय भएको स्वास्थ्य सेवा विभागको बाल कल्याण तथा खोप महाशाखाका प्रमुख डा. झलक गौतमले जानकारी दिएका छन् । खोप लगाउने विद्यार्थीले अनिवार्य रुपमा प्रवेश पत्र साथमा लैजानु पर्ने उनको भनाइ छ ।

उनका अनुसार काठमाडौंमा प्रहरी अस्पताल, सैनिक अस्पताल, सशस्त्र प्रहरी अस्पताल र राधास्वामी आइसोलेसन खोप केन्द्रमा गएर विद्यार्थीले खोप लगाउन सक्नेछन् ।

खोप दिने मिति भने स्वास्थ्य कार्यलयले तय गर्ने छ भने त्रिविले हाल स्नातक र स्नातकोत्तर तहको परीक्षा सञ्चालन गरिरहेको छ ।

शीर्ष समाचार

धेरै पढिएको