
काठमाडौं, राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक गरेको छ । विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनको आधारमा बोर्डले प्रमाणित गरी नतिजा प्रकाशन गरेको हो ।
देशभरबाट ५ लाख १७ हजार विद्यार्थीले एसईई दिएका थिए ।
सो नतिजा बोर्डको अफिसियल वेबसाइटबाट, नेपाल टेलिकम, द कनसेप्ट प्लस प्रालि इडियु सञ्जाल, नेपाल टेलिकम, कान्तिपर डिजिटल कर्प प्रालि र एनसेलको वेबसाइटमार्फत हेर्न सकिन्छ । नेपाल टेलिकममार्फत १६०० र एनसेलबाट १६०० मा एसएमएस गरेर नतिजा थाहा पाउन सकिन्छ ।
यसैगरी बोर्डका अनुसार www.see.gov.np, www.neb.gov.np, www.theconnectplus.com, बाट पनि नतिजा थाहा पाउन
त्यस्तै www.see.edusanjal.com, www.see.ntc.net.np, www.ekantipur.com, www.ncell.axiata.com बाट पनि नतिजा थाहा पाउन सकिनेछ ।






