
काठमाडौं, कक्षा १२ को परीक्षाको विषयमा छलफल गर्नका लागि आज राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्दैछ ।
शुक्रबार कक्षा १२ सहितका सबै परीक्षा स्थगित गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिफारिस गरेपछि आज बोर्डको बैठक बस्न लागिएको हो ।
यसअघि स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमण पुनः फैलन थालेपछि शिक्षा मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई सबै परीक्षा स्थगित गर्न सिफारिस गरेको थियो ।






