
काठमाडौं, शिक्षा मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) आन्तरिक मूल्यांकनका आधारमा गराउने प्रस्ताव गरेको छ । मन्त्रालयमा आज बसेको बैठकले एसईई परीक्षाको आन्तरिक मूल्यांकनका आधारमा गराउने प्रस्ताव मन्त्रिपरिषदमा पठाउने निर्णय गरेको हो ।
यस्तै आइतबार मात्र एसईईलाई वैकल्पिक माध्यमबाट सञ्चालन गर्न राष्ट्रिय परीक्षा बोर्डले सरकारको अनुमति मागेको थियो । बोर्डले सोसम्बन्धी प्रतिवेदन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई बुझाएको थियो ।







