June 16, 2021, Wednesday
२०७८ असार २, बुधबार

एसईई र कक्षा १२ को परीक्षा स्थगित

काठमाडौं, राष्ट्रिय परीक्षा बोर्डले आगामी जेठमा हुने एसईई र कक्षा १२ को परीक्षा स्थगित गरेको छ । आज बसेको बोर्ड बैठकले यहीँ जेठ १३ गतेबाट सञ्चालन हुने एसईई र जेठ २६ गतेबाट हुने कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । 

अर्को सूचना नभएसम्मका लागि दुवै परीक्षा स्थगित गरिएको बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले जानकारी दिएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको