
काठमाडौं, राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० (एसइई) र कक्षा १२ को परीक्षाको तयारी अन्तिम चरणमा पुर्याएको छ ।
१३ जेठदेखि एसइई र २६ जेठदेखि कक्षा १२ को परीक्षा तय भएको छ । एसइईको प्रश्नपत्र छापिएर कतिपय प्रदेशको प्याकिङसमेत भइसकेको छ भने एसइईका लागि सबै जिल्लाबाट दुई हजार १५ परीक्षा केन्द्र सिफारिस भएका छन् ।
तर, महामारीमा परीक्षामा के हुने भन्ने अझै अन्योल छ । महामारीका कारण अहिले शैक्षिक संस्था बन्द मात्र छैनन्, अधिकांश जिल्लामा निषेधाज्ञासमेत छ ।







