
काठमाडौं, त्रिभुवन विश्वविद्यालयले पूर्वनिर्धारित सबै परीक्षा स्थगित गरेको छ । त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको आज बसेको बैठकले वैशाख १४ गतेदेखिका सबै वार्षिक र सेमेस्टर परीक्षाहरू अर्को सूचना नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो ।
परीक्षा संचालन भइरहेका बेला कोभिड-१९ को दोस्रो लहरको प्रकोपका कारण देशका विभिन्न ठाउँमा लकडाउन तथा निषेधाज्ञा जारी भएकाले परीक्षा सञ्चालनमा कठिनाइ भएकाले परीक्षक्षा स्थगित गरेको त्रिविले जनाएको छ ।







