April 18, 2021, Sunday
२०७८ बैशाख ५, आईतवार

त्रिवि अन्तर्गतका हरेक परीक्षा अब सीसी क्यामेराको निगरानीमा

  • 14
    Shares

काठमाडौं, त्रिभुवन विश्वविद्यालय अन्तर्गतका हरेक परीक्षा अब सीसी क्यामेराले निगरानी गर्ने भएको छ । विश्वविद्यालय अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय बल्खुले बुधबार सूचना जारी गर्दै सम्पूर्ण कलेज तथा विद्यालयलाई यसबारे जानकारी गराएको हो ।

उक्त सूचनाअनुसार परीक्षा नियन्त्रण कार्यालय बल्खुद्धारा सञ्चालन हुने वार्षिक परिक्षा प्रणाली अन्तर्गतका सम्पूर्ण परीक्षा केन्द्रले यही चैत २० गतेभित्र परीक्षा सञ्चालन हुने कक्षा, उत्तरपुस्तिका शिलबन्दी गर्ने कक्ष र प्रवेशद्धारमा सीसीटीभी राख्नुपर्ने छ ।

सीसीटीभी राख्दा सम्पूर्ण दृश्य आउने गरी कम्तीमा डेढ महिनासम्म रेकर्ड गर्न मिल्ने हुनुपर्छ । त्यसरी राखिएको सीसी क्यामेरोको नियन्त्रण सम्बन्धित परीक्षा नियन्त्रण कार्यालयले गर्नुपर्ने बताइएको छ । यस्तो नगरेको खण्डमा त्यस्तो परीक्षा केन्द्रलाई आगामी परीक्षाका लागि केन्द्रबाट वञ्चित गरिने सो सूचनामा उल्लेख छ ।

शीर्ष समाचार

धेरै पढिएको