March 7, 2021, Sunday
२०७७ फाल्गुन २४, सोमबार

कोरोनाका कारण छुटेका विद्यार्थीका परिक्षा पुस १६ गतेबाट लिने

  • 2
    Shares

काठमाडौं, राष्ट्रिय परीक्षा बोर्डले कोरोना भाइरस संक्रमणका कारण छुटेका विद्यार्थीहरुका लागि पुस १६ गतेदेखि कक्षा १२ को पुनः परीक्षा गर्ने तालिका सार्वजनिक गरेको छ । कोरोना संक्रमित भई सम्पुर्ण वा केही विषयको परीक्षा दिन छुटेका विद्यार्थीहरुका लागि बोर्डले समय तालिका सार्वजनिक गरेको हो ।

सरकारले तोकेको स्वास्थ्य सुरक्षाको मापदन्ड र सामाजिक दूरीको पालना गरी सम्बन्धित विद्यालयमा नै परीक्षा हुने जनाइएको छ । परीक्षा आधा घण्टादेखि डेढ घण्टासम्मको मात्रै हुनेछ । गत मंसिर ९ गतेदेखि १६ गतेसम्म कक्षा १२ को परीक्षा भएको थियो ।

शीर्ष समाचार

धेरै पढिएको