
सरकारले गत चैतमा हुनुपर्ने माध्यमिक शिक्षा परीक्षा एसईईको परीक्षा नगर्ने निर्णय गरेको छ । सरकारको यो निर्णयपछि एसईईको तयारीमा रहेका ४ लाख ८२ हजार ७ सय ७ विद्यार्थीको आन्तरिक मूल्यांकनका आधारमा ग्रेड निर्धारण गरिनेछ । ऊर्जामन्त्री वर्षमान पुनले एसईई परीक्षा यस वर्ष नगर्ने निर्णय भएको सञ्चार माध्यमलाई जानकारी दिएका छन् । बुधबार बेलुकी बसेको मन्त्रिपरिषद् बैठकले एसईई परीक्षा सञ्चालन नगर्ने निर्णय गरेको छ। योसँगै विद्यालयहरूले आन्तरिक मूल्यांकनको नम्बर परीक्षा बोर्डमा पठाउनेछन् ।
सो अंकका आधारमा नतिजा सार्वजनिक हुनेछ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा १० र ११ को माध्यमिक शिक्षा परीक्षा एसइई हाललाई विद्यालयको आन्तरिक मूल्यांकनका आधारमा ग्रेड निर्धारण प्रस्ताव गरेको थियो । राष्ट्रिय परीक्षा बोर्डले यसअघि ६ चैत २०७६ देखि माध्यमिक शिक्षा परीक्षाको तालिका सार्वजनिक गरेको थियो । तर, सरकारले कोरोना भाइरस जोखिमलाई मध्यनजर गर्दै परीक्षा स्थगित गर्ने निर्णय गरेको थियो । अहिले २ हजार बढी विद्यालय क्वारेन्टिनमा रूपान्तरण भएका छन् । परिक्षानै सञ्चालन गर्नु परेकाे भए बिद्यालयकाे पनि अभाव हुनसक्ने थियो






