
काठमाडौं, नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दैछ । आर्थिक वृद्धिलाई सघाउने गरी आर्थिक वर्ष २०७८/७९ का लागि मौद्रिक नीति ल्याउने भएको हो ।
राष्ट्र बैंकले विगतमा साउन पहिलो साता मौद्रिक नीति सार्वजनिक गर्ने गरेको भएपनि अर्थमन्त्री परिवर्तन र त्यसपछि बजेट संशोधन गर्ने भनिएकाले ढिलाइ भएको जनाएको छ ।
सार्वजनिक हुने सो मौद्रिक नीतिका विषयमा छलफल गर्न हाल राष्ट्र बैंकको सञ्चालक समिति बैठक बसिरहेको छ भने सञ्चालक समितिले पारित गरेपछि मौद्रिक नीति सार्वजनिक हुनेछ ।







