
काठमाडौँ, सोमबार नेपाली बजारमा सुन तथा चाँदीको भाउमा वृद्धि भएको छ । आज सुन तोलामा २०० रुपैयाँले बढेको हो । छापावाला सुन प्रतितोला ९७ हजार २०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार चाँदीको मूल्य सोमबार तोलामा पाँच रुपैयाँ बढेर प्रतितोला एक हजार ३२० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । आइतबार चाँदी प्रतितोला एक हजार ३१५ रुपैयाँमा किनबेच भएको थियो ।







