
काठमाडौं, नेपाली बजारमा आइतबार सुनको मूल्यस्थिर रहेको छ भने चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ ।
शुक्रबार तोलामा ९७ हजारमा कारोबार भएको छापावाला सुन आइतबार पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजावी सुन तोलामा ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको छ ।
महासंघका अनुसार आइतबार चाँदी तोलामा १३१५ रुपैयाँमा काराबोर भएको छ । पछिल्लो समय सुनको मूल्य सामान्य घटबढ हुँदै आएको छ ।







