
काठमाडौं, शुक्रबार सुनको मुल्यमा प्रतितोला ३०० रुपैयाँले घटेको छ । बिहीबार र शुक्रबार बढेको सुनको मूल्य शुक्रबार तोलामा ३०० रुपैयाँले घटेको हो ।
आज छापावाला सुन प्रतितोला ९६ हजार ५०० र तेजाबी सुन प्रतितोला ९६ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसैगरी चाँदीको मूल्य पनि शुक्रबार तोलामा १५ रुपैयाँले घटेर प्रतितोला एक हजार ३१० रुपैयाँ निर्धारण गरिएको छ। यस अघि बुधबार चाँदी यसै मूल्यमा कारोबार भएको थियो। बुधबार र बिहीबार भने सुनको मूल्य उकालो लागेको थियो।







