
काठमाडौं, नेपाली बजारमा सुनचाँदीको मूल्य समान्य वृद्धि भइरहेको छ । यसै क्रममा बिहिवार पनि सुन प्रतितोला ४०० रुपैयाँ बढेको छ । आज छापावाला सुन प्रतितोला ९६ हजार ८०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी महासङ्घले जनाएको छ ।
यस्तै तेजावी सुनको मूल्य तोलाको ९६ हजार ३०० रहेको छ । बिहीबार चाँदीको मूल्य बुधबारको तुलनामा रु १० बढेर तोलामा १३२५ रुपैयाँमा कारोबार भएको छ ।







