
काठमाडौं, नेपाली बजारमा केहि दिनयता सुनको मूल्य घटिरहेको थियो । बुधबार पुनः सुनको मुल्य बढेको छ । आज सुनको मूल्य तोलाको ६०० रुपैयाँले बढेको हो ।
छापावाला सुन प्रतितोला ९६ हजार ४०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९५ हजार ९०० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार चाँदीको मूल्य पनि बुधबार तोलामा पाँच रुपैयाँले बढेर प्रतितोला एक हजार ३१५ रुपैयाँ पुगेको हो ।







