
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य बढेको छ । मंगलबार मात्रै सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेर ९८ हजार २ सय रुपैयाँ पुगेको छ ।
कात्तिकमा सुनको मूल्यको न्यूनतम खरिद बिक्री मूल्य ९२ हजार ५ सय रुपैयाँसम्म झरेको थियो । महासंघका अनुसार मंगलबारको खरिद बिक्री मूल्य यो महिनाकै उच्च बिन्दु हो ।
त्यसैगरी मंगलबार तेजावी सुनको प्रतितोला मूल्य ९७ हजार ७ सय र चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँले बढेर १ हजार ३२५ रुपैयाँ कायम भएको छ ।
सोमबार छापावाल सुनको प्रतितोला मूल्य ९७ हजार २ सय, तेजावी सुनको मूल्य ९६ हजार ७ सय र चाँदीको मूल्य प्रतितोला १२ सय ९५ रुपैयाँमा खरिद बिक्री भएको थियो ।







