
काठमाडौं, नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । बुधबार छापावाल सुनको मूल्य प्रतितोला रु एक हजार चार सयले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रति तोला रु ९४ हजार नौ सय छ ।
यसैगरी आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रति तोला रु ३० ले बढेर रु एक हजार दुई सय ९५ पुगेको महासङ्घले जनाएको छ । महासङ्घले अन्तराष्ट्रिय बजारको सुन तथा चाँदीका कारोबार मूल्यका आधारमा यहाँ दैनिक मूल्य तोक्दै आएको छ ।







