
काठमाडौं, आज नेपाली बजारमा सुनको मूल्य बढ्र्को छ । आइतबार सुनको मुल्य प्रतितोला एक हजार चार सयले बढेको हो ।
सुनचाँदी बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार पाँच सय निर्धारण गरिएको । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार छ ।
यसैगरी आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला ५० ले बढेर एक हजार दुई सय ७५ तोकिएको छ ।







