
काठमाडौं, यश साता सुनको मूल्य प्रतितोला १ हजार ३०० रुपैयाँले बढेको छ । अघिल्लो साता शुक्रबारको तुलनामा तोलामा उक्त मूल्य बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ५०० र तेजाबी सुनको मूल्य ९१ हजार रुपैयाँ थियो ।
जुन, अहिलेको शुक्रबारसम्म तोलामा १ हजार ३०० रुपैयाँले बढेर ९२ हजार ८०० रुपैयाँ पुगेको छ । यस्तै, तेजाबी सुनको मूल्य ९२ हजार ३०० रुपैयाँ छ ।
यसैगरी,यो साता चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार साताभरमा चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँले बढेको छ । गत साताको शुक्रबार चाँदीको मूल्य ११ सय ७० रुपैयाँ थियो । जुन, यो साताको शुक्रबारसम्म आइपुग्दा १२ सय रुपैयाँ पुगेको महासंघले छ ।







