
काठमाडौं, नेपाली बजारमा आज सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेको छ ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुनको मूल्य आज एक हजार रुपैयाँले बढ्दै ९२ हजार ८०० रुपैयाँ पुगेको हो ।
यस्तै तेजाबी सुनको मूल्य समेत आज तोलामा एक हजार रुपैयाँले नै बढ्दै ९२ हजार ३०० कारोबार भइरहेको छ ।
यसैगरी चाँदीको मूल्य भने आज तोलामा ३० रुपैयाँले बढ्दै एक हजार २०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।







