
काठमाडौं, आज सेयर बजारमा ३८ अंकले घटेको छ । नेप्से परिसूचक ३८.८१ अंकले घटेर १८३७.६० विन्दुमा झरेको छ ।
मंगलबार सेन्सेटिभ इन्डेक्स ७.०० अंकले घटेर ३५८.८७ विन्दुमा बन्द भएको छ भने बजार ओरालो लाग्दा कारोबारमा आएका १३ वटै समूहका सूचक राताम्मे देखिएका छन् ।
यसैगरी फाइनान्स समूहको सूचक सर्वाधिक ३.८३ प्रतिशतले घटेको छ । हाइड्रो पावर, इन्भेस्टमेन्ट डेभलपमेन्ट बैंक समूहको क्रमश ३.३७ , ३.१९ र ३.२ प्रतिशतले ओरालो लाग्यो ।







