
काठमाडौं, लगातार ओरको लागेको नेप्से बजार आज बढेको छ । मंगलबार नेप्से परिसूचक दोहोरो अंकले बढेपनि कारोबार रकममा भने उल्लेख्य सुधार देखिएन ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से २१.३० अंकले बढेर १९३४.०४ विन्दुमा पुगेको छ । कारोबार रकम पनि सोमबारको तुलनामा बढेको छ ।
यसदिन दिन ९२ करोड बढीको सेयर कारोबार भयो । अघिल्लो कारोबार दिन सोमबार ८२ करोड बराबरको कारोबार भएको थियो।
आज २३१ कम्पनीको ३१ लाख ४६ हजार ९९६ कित्ता सेयर ९२ करोड २५ लाख ७४ हजार ४१० कित्ता सेयर खरिदबिक्री भयो
यसैगरी दोहोरो अंकले बढेको बजारमा एउटा मात्रै कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लेभलमा कारोबार भयो ।







