
काठमाडौं, सोमबार धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १३ दशमलव ५४ अङ्कले घटेर लागेर एक हजार नौ सय १२.७४ मा सीमित भएको छ ।
यसैगरी ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक दुई दशमलव ३९ अङ्कले ओरालो लागेर तीन सय ७२ दशमलव ३४ अङ्कमा सीमित भएको छ । कूल दुई सय २५ कम्पनीका २६ लाख १३ हजार पाँच सय ४० कित्ता शेयर रु ८३ करोड १६ लाख तीन हजार छ सय ५१ बराबरको कारोबार भयो ।
आज कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सामूहिक लगानी कोषको मात्रै शेयर मूल्यमा सामान्य वृद्धि भएको छ । सो उपसमूह शून्य दशमलव शून्य दुई अङ्कले उकालो लागेको छ ।
बैंकिङ पाँच दशमलव १७, व्यापार सात दशमलव ५१, होटल तथा पर्यटन छ दशमलव ६३, विकास बैंक १४ दशमलव २८, जलविद्युत् ३० दशमलव ६६, वित्त १७ दशमलव ४८, निर्जीवन बीमा ४६ दशमलव ८८, उत्पादन २३ दशमलव ८१, लघुवित्त ३० दशमलव २६, जीवन बीमा ५२ दशमलव ५५ र लगानी शून्य दशमलव ४१ अङ्कले ओरालो लागेको छ ।







