
काठमाडौं, नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सोमबार सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९३ हजार ६०० र तेजाबी सुनको मूल्य तोलामा ९२ हजार १०० रुपैयाँ छ ।
यसैगरी, चाँदीको मूल्य भने लगातार तेस्रो दिनदेखि स्थिर कायम भएको छ । आज चाँदीको मूल्य तोलामा ११ सय ५० रुपैयाँ कायम छ ।







