
काठमाडौं, बुधबार सेयर बजारमा २१ अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक २१.९७ अंकले घटेर १९७३.३८ विन्दुमा अडिएको छ ।
यसदिन २२४ कम्पनीको २२४ कम्पनीको २९ लाख ९२ हजार ८७३ कित्ता सेयर १ अर्ब १२ करोड ६२ लाख ४७ हजार ८६२ रुपैयाँमा कारोबार भयो ।
यसैगरी दोहोरो अंकले गिरावट आएको सेयर बजारमा १ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।
आज हिमालयन एभरेस्ट इन्स्योरेन्सको सेयर मूल्य १० प्रतिशतले बढेको हो । कारोबार रकमका आधारमा नेपाल दूरसंचार कम्पनी शीर्षस्थानमा रह्यो भने कम्पनीको १० करोड बढीको सेयर कारोबार भयो ।







