
काठमाडौं, पिपुल्स पावर कम्पनीको साधारण सेयर (आईपीओ) बाँडफाँट भएको छ । कम्पनीको सेयर निष्कासन प्रभु क्यापिटलले आज दिउँसो २ बजे आईपीओ बाँडफाँट गरेको हो ।
कम्पनीका अनुसार लआईपीओमा मागभन्दा ७.९३ गुणा बढी आवेदन परेको थियो भने आईपीओमा जम्मा १५ लाख ५१ हजार ४१३ वटा आवेदन परेको थियो । मागभन्दा बढी आवेदन परेपछि गोलाप्रथा प्रणालीबाट २ लाख २९ हजार ४६८ जनालाई १० कित्ताका दरले आईपीओ परेको छ ।
यसैगरी आवेदकध्येबाट २ जनाले भने प्रतिव्यक्ति ११ कित्ताका दरले आईपीओ पाएका छन् । कम्पनीले साउन ३१ गतेदेखि भदौ ५ गतेसम्म २४ लाख ६७ हजार ४०० कित्ता सेयर बिक्री खुलाएको थियो ।







