
काठमाडौँ, नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु पाँच सयले बढेको छ । बिहिवार सुनको मूल्य प्रतितोला रु ९५ हजार आठ सय तोकिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्यांकअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९५ हजार तीन सय छ ।
यसैगरी आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु १० ले बढेर रु एक हजार एक सय ७५ तोकिएकोे महासङ्घले जनाएको छ ।







