
काठमाडौं, आज नेप्से परिसूचक घटेको छ । आइतबार नेप्से परिसूचक ७.७२ अंकले घटेर २०६०.५५ अंकमा झरेको छ ।
नेप्सेमा आएको गिरावटसँगै बिहीबारको तुलनामा कारोबार रकम पनि घटेको छ । आज २१८ कम्पनीको ५३ लाख ३९ हजार ४ कित्ता सेयर २ अर्ब ४ करोड ७० लाख ९३ हजार ६८९ रुपैयाँमा खरिदबिक्री भयो ।
यसैगरी बिहीबार २२० कम्पनीको ५१ लाख १ हजार २९० कित्ता सेयर २ अर्ब ५७ करोड ९८ लाख ५७ रुपैयाँमा खरिदबिक्री भएको थियो । मन्दाकिनी हाइड्रो पावरको सेयर १० प्रतिशतले बढ्यो भने अपर हेवाखोलाको सेयर ९.९८ प्रतिशत बढेको छ ।







